टेक्सासमा नेफ्टा फिल्म अवार्ड, ४२ विधामा अवार्ड वितरण गरिने

काठमाडौँ। चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने जानकारि नेफ्टाका अध्यक्ष पुष्कर लामाले दिएका छन। मलेसिया, हङकङ, कतार र युएईको दुबइ जस्तो देशमा बिगतका कार्यक्रम गरिसकेको छ। नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्य राखी यो कार्यक्रम् आयोजना गरिऎको हो। अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्ने बताएको छ । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्नु राम्रो संकेत भएको बताए ।

अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने जानकारी अध्यक्ष लामाले दिए । नेफ्टा नीजि क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा चलचित्रकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

४२ विधामा वितरण हुने अवार्डमा जुरीले बैशाखमा चलचित्र हेर्ने कार्यक्रम छ । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि चलचित्र क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यस संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published.