काठमाडौं । रिपोर्टर्स क्लबका सदावहार अध्यक्ष ऋषि धमलाले भारतीय खुफिया एजेन्सी ‘र’ का नेपालस्थित प्रमुखसँग गोप्य भेट गरेका छन् । भेटमा धमलाले वस्तुस्थितिको रिपोर्टिङ गरेको जनआस्था साप्ताहिकको अनलाइनले दाबी गरेको छ । धमला ‘र’ प्रमुख राघवप्रसाद भटनागरसँग हिजो बिहान एक घण्टा छलफलमा बसेका हुन् ।
भट्नागरसँग भेट गर्न धमला उनको निवास विशालनगर पुगेको बताइन्छ । बिहान १० बजे त्यहाँ पुगेका ऋषिले ११ बजेको समयमा फर्केको पत्नी एन्जिला गौतमलाई बताएका थिए ।