‘गोर्खा वारियर’को ३ वटा छुट्टाछुट्टै फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। मङ्गलबार निर्देशक चाम्सले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत फिल्मको ३ वटा छुट्टाछुट्टै पोस्टर सार्वजनिक गर्दै प्रचारको थालनी गरेका हुन्।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन। पहिलो पोस्टरमा फिल्मका मुख्य पात्र तथा नव नायक रितेश चाम्सले सैनिक ड्रेसमा हातमा खुकुरी लिएर सत्रुलाई खबरदारी गर्दैछन भने दोश्रो पोस्टरमा अभिनेता विजय लामा, रितेश चाम्स तथा रियर राई सैनिक पोशाकमा देखिएका छन, त्यसै गरि तेश्रोमा १२ जना ब्रिटिस गोर्खा सैनिकको टिम युद्धमा जानको लागि तयारी अवस्थामा देख्न सकिन्छ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स र रियर राई सहित रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

२०२३ मा रिलिज गर्ने तयारी गरेको फिल्ममा प्रशान्त थापा कार्यकारी निर्माता र सुरेश राई सहनिर्माताका रुपमा देखिएका छन। सुस्मिता वाइवा र सुमन राई निर्माता रहेको फिल्म सन १९४९को युद्धको सत्य घटनामा आधारित छ।

Leave a Reply

Your email address will not be published.