प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा ‘डेसान’- ट्रेलर

काठमाडौँ। नम्रता सापकोटा अभिनित फिल्म ‘डेसान’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रचार थालनी गरेको हो। सामाजिक कथावस्तुमा आधारित फिल्ममा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत देख्न सकिन्छ। १ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु केन्द्रमा देखिएका छन।

कमल एक्चै मगर निर्देशीत फिल्म पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्माण भएको हो। कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । मंसिर २३ गते प्रदर्शन हुने फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published.