दाङ दुईको स्पष्ट संकेतः जीतको सन्निकटमा रेखा, हेभीवेटबाट बेबीवेटको यात्रामा शंकर पोखरेल

समाचार टिप्पणी ।

दाङ्ग क्षेत्र नं २ को चुनावी व्यापक चर्चा भैरहेका बेला बाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार रेखा शर्मा जीतको सुनिश्चितता सहित घरदैलोमा व्यस्त छिन्। महिला नेतृ, गौरबमय इतिहास, माओवादी केन्द्रको राम्रो संगठन र गठबन्धन दलको साथ, सन्तुलित प्रस्तुति र शालीन शैलीले शर्माको विजययात्रा थप नजिक पुगेको हामीले भेटेर प्रतिक्रिया लिएका मध्ये ६० प्रतिशत उत्तरदाताले बताएका छन्।

“हाम्रो घरको काम गरिदिनु पर्ने होइन। विकास गरिदेऊ भनेको त हो, कसैले केही गरेनन्। यसपटक अब रेखा शर्मालाई हेरौं,’सेतोपाटी अनलाइन पत्रिकाले रेखाले जित्ने प्रक्षेपण गर्दै एक मतदातालाई उद्दृत गर्दै आफ्नो अनुसन्धानमा आधारित टिप्पणीमा लेखेको छ। अर्का मतदाताका भनाईलाई पनि सेतोपाटीले लेखेको छ यसो भन्दै: “रेखा शर्मा भनेको कानुन बनाउने ठाउँमा आवाज उठाउने मान्छे हो, महिलाहरूले चुनावमा टिकट पाएका छैनन् । टिकट पाएको ठाउँमा उपस्थिति बढाउन भएपनि जिताउनुपर्छ ।”

यी दुई भनाईले रेखाको जीतको आधारलाई मात्र पुष्टि गरेको छैन बरु धरातलीय भाषा बोलेको छ। यस अघि दुई कार्यकाल संसदमा रहेर कानून निर्माण र संसदीय मामिलामा महत्वपुर्ण योगदान गरेकी शर्मा अबको जीत सँगै ह्याट्रिक गरि संसदमा जाने छिन् । त्यसो त उनले संविधान निर्माणमा पनि अत्यन्तै महत्वपुर्ण भूमिका निर्वाह गरेको छर्लगैं छ । डा. बाबुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर रेखाले काम गरेकी थिइन् । नयाँ संसदमा उनको प्रवेश अब केवल सांसदमात्र नभई शक्तिशाली मन्त्रीसहित कार्यकारी भूमिकामा पनि रेखा देखिने माओवादी शिर्ष नेतृत्वले बचन दिईसकेको छ ।

जनयुद्धमा श्रीमान कृष्णध्वज खड्कासहित ज्यानको बाजी थापेर सहभागी भएकी र असाध्यै जोखिमकाबीच अनेकौ किर्तिमान कायम गर्दै महत्वपुर्ण भुमिका निर्वाह गरेकी बिरङ्गना हुन् रेखा शर्मा। राज्य पक्षबाट यातना र नारकिय जीवन भोगकी रेखाले शान्तिपुर्ण राजनीतिक मोर्चाहरुमा पनि अग्रज नेताहरुसगँ र आफु भन्दा तल्लोतहका कमरेडहरुसगँ पनि मित्रवत व्यवहार कायम राख्दै सन्तुलित सम्बन्ध कायम गर्न सफल राजनीतिज्ञका रुपमा निस्कलंक छवि बनाउदै सबै मोर्चामा डटिरहेकी छन्, उनी । त्यसो त नारी अस्मिता र कथित बहुराष्ट्रिय कम्पनीका सामान बिक्री गर्ने बहानामा रचिएको मिस नेपालको शसक्त प्रतिरोध गर्नेमा रेखा अग्रपंक्तिमा रहि नेपाली नारीमाथि स्थापति गरिएको पुरानो परिभाषा बदल्न पनि योगदान गरिन् ।

अनेमसंघ क्रान्तिकारीको अध्यक्ष हुँदा रक्सीविरोधी आन्दोलनलाई सफल बनाएर माओवादी आन्दोलनलाई उचाइमा पुर्याउन मद्दत गरेकी थिइन् । रक्सीविरोधी आन्दोलन पनि रेखाको राजनीतिक जीवनको अभिन्न परिचय रहेको छ । हालसम्म एकपटक मात्र मन्त्री भएकी रेखाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सफलतापुर्वक सम्हालेकी मात्र छैनन्, त्यो समयमा राज्यका निकायवाट दोहोरो सुविधा लिनेहरुलाई एकमात्र सुविधा लिन बाध्य पारेर सुशासन कायम गने गतिलो परिपाटीको थालनी उनैले गरिन् ।

यसकारण पनि एक क्रान्तिकारी महिला नेताका अघि एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बाहेक अन्य केही छवि नभएका शंकर पोखरेल प्रतिश्पर्धामा लिलिपुट देखिएका छन् । वास्तवमा दाङ्गमा हामीले कुराकानी गरेका कैयौं मतदाताहरुले र स्वयं एमाले कार्यकर्तालेनै अब शंकरले वाकओभर दिएको संकेत गरे। पार्टीको बदनाम नेतृत्व बोकेका कारण शंकरलाई पार्टी भित्र र वाहिर दुवैतिर कठिन देखिन्छ।

किन रुष्ट छन् एमाले कार्यकर्ता शंकरविरुद्ध ?

जानकारहरुका अनुसार एमालेको सिङ्गो पदाधिकारी समुहमा शंकरलाई समर्थन गर्नेमा केवल पार्टी उपमहासचिव विष्णु रिमालमात्र छन् । त्यसबाहेक शंकरलाई पार्टी पदाधिकारीमा कसैको समर्थन छैन । विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ्ग लगायतकुनै पनि नेताको वास्तविक समर्थन शंकरलाई छैन । जसको प्रत्यक्ष लाभ यो चुनावमा रेखालाई प्राप्त हुनेछ । झन् प्रदेशको राजधानीको विषयलाई लिएर शंकर भर्सेस विष्णु पौडेलको द्वन्द्व सतहमा छताछुल्ल भएकैछ । यसअघि पार्टी महासचिवमा विष्णुलाई जिल्लाएर ओलीसगँको खुशामतकै कारण आकस्मिक लाभ लिएका पोखरेलाई अन्ततः जनताको अदालतमा होमिदाँ यो निर्वाचन महंगो सावित हुने देखिन्छ ।

“शंकर पोखरेलको उम्मेदवारी आठ लाख एमाले सदस्यका लागि अपमानको विषय हो । उनी अवसरवादीमात्रै होइन सामन्ती चरित्रका पात्र हुन् । आफु लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा श्रीमतीलाई संघीय सांसद बनाए । अहिले पार्टी महासचिव बन्दा श्रीमतीलाई स्थायी कमिटि सदस्य बनाएका छन् । त्रिभुवन विश्वविद्यालयमा एमाले कोटाबाट नेपाली विषयमा उपप्रध्यापक खाएकी बहिनी मेनका पोखरेललाई अहिले एमालेको तर्फबाट समानुपातिक तर्फको पहिलो नम्बरमा राखिएको छ । यो सिङ्गो एमालेजनप्रति धोका हो । र शंकर पोखरेलको परिवारवादको निकृष्ट नमुना पनि । एमालेका संगठित सदस्यले नै शंकरलाई भोट दिने कुरै आउदैन,” एमालेका एक नेताले आक्रोश मिश्रित भाषामा शंकरविरुद्ध धारणा राखे ।

यसका पछि केही बस्तुगत आधारहरु छन् जसले एमालेको जनाधारमा पहिरो गएको छ । २०७४ मा एमाले प्रवेश गरेका कोमल वलीलाई प्रदेश ३ मा र बलिभद्र रानालाई क्षेत्र नं. २ (१) मा टिकट दिलाउँदा असन्तुष्टि छ । राना ज्ञानेन्द्र शाहको पालामा घोराहीको मेयर थिए । जनआन्दोलनमा उमेश थापा घोराहीमा मारिनुमा रानाकै हात भएको आरोप लाग्ने गरेको छ । यस्ता व्यक्तिलाई बोकेको भन्दै शंकरको आलोचना हुने गरेको छ । शहरी क्षेत्रका शिक्षित मतदातामा पुग्दा उनीहरुले राप्रपालाई किन बोकेको भनेर प्रश्न गर्ने गरेका छन् । त्यसैले शहरी क्षेत्रमा प्रचारमा जाँदा शंकर पोखरेल रानालाई नलगी जाने गरेको देखिएको छ ।

रेखालाई समर्थन बढ्नुको अर्को कारण पनि के छ भने घोराही क्षेत्रमा रोल्पा, रुकुमबाट बसाइँ सरेर आएकाहरु धेरैजसो माओवादी निकट छन् । उनीहरुमध्ये धेरैजसोको आस्था माओवादीतिर छ । त्यो मतले पनि शकंर हराउने मिसनमै सहयोग पुग्छ ।

त्यसो त दाङमा एमालेको राजनीति थामिदिने गतिलो नेता नै नहुदाँ एमाले हतोत्साहित छ भने गठबन्धनको दह्रो उपस्थितिले एमालेको शक्ति माथि घन प्रहार भएको छ । जिल्लामा अहिले एमालेको राजनीति धान्न कमजोर र राजनीतिका शिशुहरु कोमल वली र शान्ता चौधरीको थाप्लोमा आएको छ जुन उनीहरुको तागत, क्षमता, अनुभव, शैली र अन्य कुनैपनि तर्कले भरोसा योग्य छैन । अहिले यिनै दुई शिशुलाई दायाँरबायाँ बोकेर थकित मुद्रासहित शंकर चुनावी दौडमा छन् जसले उनको हारलाई नजिकबाट पछ्याइरहेको छ ।

जिल्लाका बलिया नेताहरु मेटमणि चौधरी र हिरा केसी नेकपा एसमा लागेपछि अन्य जिल्ला स्तरीय नेताहरु शंकरको सामन्ती जमिन्दारी प्रवृतिले चुनाव हारिने डरले भयक्रान्त छन् । यस पटक दाङ्गको चुनावमा असल नेतृत्वमात्र आउने छैन बरु संघिय लोकतन्त्र र जनमतलाई कुल्चदै बाम गठबन्धनबाट पाएको मतलाई अपमान गर्ने केपी शर्मा ओलीको रफु भर्नमा तल्लिन एक आडम्बरी उम्मेदवारको हार हुनेछ । दाङ्गमा जिल्ला त्यो विरासतका लागि तयार छ र उत्सबको अन्तिम पर्खाइमा छ ।

Leave a Reply

Your email address will not be published.