सिरहा । बाम–लोकतान्त्रिक गठबन्धनले आजका गोलबजारमा वृहत प्रर्दशन गरेका छन् । स्थानीय व्यवसायी, बुद्धिजीवी तथा वाम–लोकतान्त्रिक गठबन्धन नेता कार्यकर्ताहरुको वृहत सहभागितामा गोलबजारमा बृहत प्रदर्शन गरेको हो ।
¥यालीपछि गोलबजारको मुख्य चोकमा भएको सभामा सिरहा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार नेकपा (माओवादीका केन्द्र) का नेता तथा पूर्वमन्त्री विश्वनाथ साहले बाम–लोकतान्त्रिक गठवन्धनको जित सुनिश्चित भइसकेको बताए । उनले जनतको वृहत तथा उल्लासमय सहभागिताले जित सुनिश्चित भइसकेको जिकिर गरे ।
उम्मेदवार साहले जिल्लाको समग्र विकास, सुशासन, शिक्षा र स्वास्थ्यलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न र संविधानको सहि कार्यन्वयन गर्न जनताले बाम–लोकतान्त्रिक गठवन्धनलाई रोज्नेमा आफू ढुक्क रहेको बताए । उनले भनेर हैन अव सिरहाको समग्र विकासको लागि बाम–लोकतान्त्रिक उम्मेदवारहरुलाई अत्यधिक मत दिई जिताउन सम्पूर्ण व्यसायी, बुद्धिजीवि, शिक्षक तथा समाजसेविहरुसँग आग्रह गरे ।
सोही क्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश सासंद गत प्रसाद यादवले सवै जातजाति, भाषा–भाषी, क्षेत्र, समुदाय तथा लिङ्गको अधिकार सुनिश्चित गर्न बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए ।
सोही क्रममा नेपाली काँग्रेसका नेता चन्द्रदेव यादव, सिरहा क्षेत्र नम्वर ३ ‘क’ का उम्मेदवार रामसगुन यादवले वृहत ¥यालीमा सहभागीहरुलाई धन्यवाद दिएका थिए । उनले गठवन्धनका उम्मेवारलाई विजयी बनाउन अपिल समेत गरे ।
सभामा उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले दुवै उम्मेदवारहरुलाई शुभकामना दिँदै सदर र सरकारमा पुगेपछि व्यापारीहरुले भोग्दै आएको समस्या उठाउन आग्रह गरेका थिए । उनले उद्योगी व्यसायीहरु अहिले अत्यन्त मारमा रहेकाले उनीहरुको आवाज बोल्नेको खाचो रहेको बताए ।
गठवन्धनको शक्ति प्रदर्शनमा स्थानीय व्यसायहीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सिरहा क्षेत्र नम्वर ३ बाट बाम गठवन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका तर्फबाट विश्वनाथ साह, प्रदेश ‘क’ नेपाली काग्रेसका रामसगुन यादव र प्रदेश ‘ख’ मा नेकपा (एकीकृत समाजवादी) का प्रमोद यादवले उम्मेदवारी दिएका छन् ।
सिरहा सदरमुकाम, गोलबाजर नगरापालिका, नरहा, अर्नमा र विष्णुपुर गाउँ पालिकाका ४१ वडा रहेको छ । उक्त निर्वाचन क्षेत्रमा एक लाख ९ हजार २७१ मतदाता, ५३ मतदान स्थल र १२८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ ।