रिस्ता र सुनिशा अभिनित ‘पासो’को ट्रेलर रिलिज

काठमाडौँ। नायिका रिस्ता बस्नेत र सुनिशा बजगाईं अभिनित फिल्म ‘पासो’को ट्रेलर रिलिज भएको छ। बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा अपहरण पछि २ मिल्ने साथीले बाच्नको लागि गरेको संघर्षलाई देखाईएको छ। कन्टेन्ट थ्रिलर जनरामा आधारित फिल्मले दुई मिल्ने साथीलाई एक अपराधिक समूहले अपहरण गरेपछि बाच्नकालागि गरेको संघर्षको कथा बोल्छ। आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् ।

फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफोसलमा एफडी कम्पनीले वितरण गर्ने छ। फिल्म यहि मङ्सिर १६ गतेबाट देशभर प्रदर्शन हुदैछ। निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मले कमाएको नेट कलेक्सनको १५ प्रतिशत भने धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिनेछ।

फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् । फिल्ममा रिस्ता र सुनिशाका अलावा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published.