काठमाडौं । फिल्म ‘रोजी’को नाम परिवर्तन गरिएको छ । धेरै लामो समयसम्म विवादमा तानिएपछि ‘रोजी’बाट ‘रोज’ नामाकरण गरिएको हो ।
गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म रोजीको कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।
गत बिहीबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित फिल्मको कथा मिलेको मर्हजन परिवारले दाबी गरेका थिए ।
यसका साथै महर्जन परिवारले यस फिल्मको छायाङकनको समय देखिनै फिल्मको नाम ‘रोजी’ नराख्न आग्रह गर्दै आएका थिए । यो फिल्म आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउनेछ । यो फिल्ममा प्रदिप खड्का, मिरुना मगर, परमिता आरएल राणा लगाएत मुख्य भुमिकामा रहेका छन् ।