प्रियंका र निकको इन्गेजमेन्ट पार्टी भारतमा

काठमाण्डोँ,०१ भदौ – निक जोनस आफ्नो परिवारकासाथ भारत आउने भएका छन । भारतमै प्रियंकाको र निकको इन्गेजमेन्ट पार्टी मनाउन
भारत आउन लागेका हुन । सबै परिवारका साथ धेरै समय बिताउने किसीमले निक तथा उनको परिवार भारत आएर प्रियंकाको परिवार केही समय भारतमा सँगै बस्ने भएका छन ।

प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनसकीे बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको कुरा पनि बताएका थिए ।

अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गरेकी छीन सोही पार्टीको अवसरमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा समेत हुन सक्ने भएको छ ।

केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.