ओखलढुंगामा नयाँ आँखाका बिरामी संख्यामा बृद्धि हुँदै

ओखलढुंगा । ओखलढुंगामा नयाँ आँखाका बिरामी बढ्दो क्रममा छ । जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुंगाका अनुसार एक बर्षमा साढे तीन हजार बढी नयाँ आँखाका बिरामीहरु फेला परेका छन् । केन्द्रमा गत आर्थिक वर्षमा मात्र ३ हजार ६ सय ८६ जनाले आँखा परिक्षण गराएका छन् । आँखा परीक्षण गराउन आएका मध्ये २ सय ३० जनामा मोतिबिन्दुको समस्या रहेको पाईएको जिल्ला सामुदायीक आँखा केन्द्र ओलखढुंगाले जनाएको छ ।

मोतिबिन्दुको समस्या पहिचान भएका मध्ये ८६ जनाको शल्यक्रियासमेत गरिएको जिल्ला सामुदायीक आँखा केन्द्रका ईन्चार्ज टिका रार्ईले बताएका छन् । हाल केन्द्रमा आएका ३ हजार ६ सय ८६ जना जना मध्ये २ हजार ९ सय २८ जनाले औषधि प्रयोग गरिरहेका छन् । अन्य १ हजार ७ सय ६१ जनाले नियमित रुपमा चस्माको प्रयोग गरिहेका राईको भनाई छ ।

त्यस्तै केन्द्रले विभिन्न १७ वटा विद्यालय तथा समुदायका १४ स्थानमा शिविर सञ्चालन गरी ३ हजार ३ सय १ जना आँखाका बिरामी फेला पारेको छ । उनिहरुलाई पनि औषधि तथा चस्मा बितरण गरिएको केन्द्रले जनाएको छ । आँखा मानव शरिरको सबैभन्दा महत्वपुर्ण अंग भएकाले यसको हेरचाहाँ गर्न अतिआवश्यक रहेको इन्चार्ज रार्ईले बताए ।

आखाँका समस्या भएका बिरामीहरु सबैभन्दा बढी वर्षाको समयमा देखा पर्ने गरेका छन् । वर्षामा हिलो तथा धुलोमा कामको चाप हुने भएका आँखामा बढी समस्या देखा पर्ने डक्टरको भनाई छ । आँखालाई स्वच्छ राख्न दैनिक क्रियाकपालसँगै आँखालाई पनि उत्तिकै हेरचाहा गर्नुपर्नेछ । आँखा केन्द्रमा गत आथिर्क वर्ष २०७३/७४ मा साढे ६ हजार बढिले आँख जाँच गराएका थिए ।

Leave a Reply

Your email address will not be published.