काडमाडौं । स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार ‘नक्कली’ गरिएको विशेष खोज खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
नेपाल एयरलाइन्सले जहाज किन्दा समय बढी लाग्ने तर्क राखियो । उपाय फुराइयो– सेकेन्ड ह्यान्ड लिने, तुरुन्त पाइन्छ । त्यसैले प्रस्ताव आह्वान ९आरएफपी० मा लेखियो– ‘प्रस्तावित जहाजको उमेर हजार घण्टाभन्दा बढी नउडेको र जनवरी २०१४ भन्दा अघि नबनेको होस् ।’
नोभेम्बर ९ सम्मको म्याद दिएर २६ सेप्टेम्बर २०१६ मा आरएफपी जारी गरिएको थियो । सेप्टेम्बर २०१७ र मार्च २०१८ मा एउटारएउटा जहाज बुझाउनुपर्ने त्यसमा सर्त राखियो । ‘अर्काले उडाइसकेको जहाज किन्न किन १६ महिनासम्मको भाका राखियो भन्नेमै खोटी नियत थियो’, एयरलाइन्स बोर्डकै एक सदस्यले भने, ‘हामीले त्यति अवधिमा त नयाँ किन्न सकिन्छ भन्दा बोल्नै दिएनन् ।’