तिमी सँगमा चिरञ्जीवी र कबिताको रोमान्स

काठमाडौं ६ असोज। गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा नयाँ गीत रिलिज भएको छ । गायिका मिलन नेवार र गायक चिरन्जीवी भण्डारीको आवाजमा प्रेमिल गीत (तिमि संगै हुन) गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई गायक स्वयंम चिरन्जीवीले संगीत गरेका छन् । त्यस्तै गीतलाई सन्जिब बराईलीले संगीत संयोजन गरेका छन् ।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियामा चिरन्जीवी आफैले अभिनय गरेका छन् । उनलाई कविता न्यौपानेले अभिनयमा साथ दिएकी छन् । त्यस्तै भिडियोमा उत्सब दाहालको छायांकन,बिष्णु खड्काको सम्पादन रहेको छ। गीतको भिडियोलाई गायक संगीतकार चिरन्जीवी कै युट्यूब च्यानलमार्फत हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.