२ नम्बरी’ को टाइटल गीतबाट भूषणले जिते ५० हजार नगद

काठमाडौं ६ असोज। रेड बर्ड प्रोडक्शनले ‘२ नम्बरी’ ले यस्को शिर्ष गीतको लागि प्रतियोगीता आयोजना गरेको थियो । शिर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ । जसमध्ये, भूषण खतिवडाले फिल्मको उत्कृष्ट शिर्ष गीत लेखेका छन् ।

भूषणको यो गीत फिल्ममा प्रयोग हुनेछ । साथमा उनले ५० हजार नगद पुरस्कार समेत जितेका छन् । अब, फिल्मको शिर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । दुई नम्बरी असोज २१ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको टिजरलाई दर्शकले रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published.