राष्ट्रपतिको कदमविरुद्ध उपराष्ट्रपती

काठमाडौं, ५ असोज । राष्ट्रपती बिद्यादेवी भण्डारीले नागरिकता बिधेयक पास गर्न अस्विकार गरे पछी त्यो कदमको बिरोधमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिग्यप्ती निकालेका छन् । उनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भन्दै बृहत् जनआवाज उठिरहेकोप्रति दुःख व्यक्त गरेका छन् ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आआफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ,’ बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेको विषयमा एकथरि राजनीतिक दल र नागरिक समाजले असंवैधानिक कदम भन्दै विरोध गरेका छन् भने अर्काथरिले समर्थन गरेका छन् ।

यस्तोमा उपराष्ट्रपति पुनले भने संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

‘हामीले भर्खर संविधान दिवस मनायौँ । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published.