घर बनाउन अब झनै सजिलो : न सिमेन्ट चाहिने, न बालुवा !

हरेक मान्छेको जीवनकालमा एउटा घर बनाउने सपना हुन्छ । तर त्यो त्यो पुरा गर्नु सजिलो काम चैं पक्कै होइन । हालको महँगीमा एउटा मान्छेले सोचे जस्तो घर बनाउन जीवनभर मेहनत र ठूलो परिश्रम गर्नुपर्ने हुन्छ । त्यति गरेर घर बनाउँदा पनि केही समय पछि नै त्यसमा क्र्याक आउने, सिपेज हुने लगायतका समस्या देखा पर्दा धेरै लगानी गरेर घर बनाएकाहरु मन खिन्न हुनु स्वभाविक हो । त्यसको जिम्मेवार गुणस्तरहीन (क्वालिटीलेस) सिमेन्ट, अप्रशोधित र सफा नगरिका बालुवा, स्ट्यान्डर्डलेस ढुंगा–गिटी, अदक्ष कामदार र ठेकेदार वा इन्जिनियरको लापरवाही पनि हो ।

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने अधिकांश कामदार अदक्ष छन् । न त उनिहरुले त्यस विषयमा कुनै तालित दिएका हुन्छन् न कुनै लामो अनुभव नै बटुलेका हुन्छन् । त्यसैले त्यस्ता कामदारहरुले आफुखुसी सिमेन्ट, बालुवा, पानी र गिटी मिसाएर काम गर्ने सम्भावना जुनसुकै बेला हुन्छ । त्यसैको कारण मान्छेको वषौंको सपनामा तुषारापात आउँछ ।
यस्तै समस्यालाई हल गर्न नेपाल वाल प्लास्ट इन्डस्ट्रिजले नेपालमा बिल्कुलै नौलो प्रविधि भित्र्याएको छ । जसको प्रयोग गरेपछि घर बनाउनेहरुलाई अब झन सुलभ र सरल हुने भएको छ । नेपाल वाल प्लास्ट इन्डस्ट्रिजको स्थापना सन् २०१९ मा भएको हो । यस बिचमा उसले युरोप, अमेरिका, चीन लगायतका स्थानमा लामो अध्ययन अनुसन्धान पश्चात् वाल प्लास्ट बनाएको छ । वाल प्लास्ट लगाएपछि घर बनाउन बालुवा, गिटी, सिमेन्ट केही चाँहिदैन र त्यो परम्परागत निर्माण प्रकृयाभन्दा कम झन्झटिलो, विश्वसनीय र सस्तो पनि छ । त्यति मात्र होइन यसको प्रयोग गर्दा निर्माण अवधि पनि छोटिने बताउँछन् कम्पनीका अपरेशन हेड मनिस रोकाया ।

मनिस रोकाया (अपरेशन हेड )

उनि भन्छन् –‘नेपालमा अहिलेसम्म निर्माण प्रविधीमा म्यानुअल फिक्सिङ भैरहेको छ । कामदारले आफ्नै ढंगले काम गर्दिनाले निर्माण भैसकेको घरमा क्र्याक आउने, सिपेज हुुने समस्या देखापरेको छ । यो समस्यालाई कसरी कम भन्दा कम गर्ने भन्ने उद्देश्यले हामीले नयाँ सोच लिएर आएका हौं । हाम्रो मुख्य कुरा भनेको मेसिन मिसिङ प्रक्रिया नै हो ।’

उनि अगाडी भन्छन् –‘मेसिन मिक्सिङ चैं सबैतिर बराबर मिश्रण हुने हुन्छ । त्यसैले वाल प्लास्ट प्रयोग गरेर निर्माण गर्दा सबै स्थानमा एउटै किसिमको बलियोपन हुनेभयो । यसले घरको समग्रमा आयु बढाएको हुन्छ भने काम गर्दा खेर जाने प्लास्टको मात्रा विल्कुलै कम हुने हुनाले सस्तो पनि पर्छ ।’

यसको बोरा सिमेन्टको बोरा जस्तो देखिए पनि यो सिमेन्ट होइन । यस्मा पहिले नै सिमेन्ट, बालुवा र अरु एढेसिभ केमिकलको मात्र स्ट्यान्डराइज्ड गरेर मिसाइएको हुन्छ । त्यसैले यो कम्प्लिट प्याकेज हो । यसको प्रयोग गरेर घर निर्माण गर्दा समग्रमा प्रति स्क्वायर फिट १० देखि १५ रुपैयाँ सस्तो पर्छ । अझ कम्पनीका अन्य उत्पादन ब्रिक र ब्लकमा यो भन्दा बढी सस्तो पर्ने पर्ने कम्पनीको दाबी छ ।


कम्पनीका अहिले वाल प्लास्ट, टायल–फिक्स वाल, ब्लक फिक्स, ब्रिक फिक्स र टायल–फिक्स फ्लोर गरि पाँच किसिमका उत्पादन रहेका छन् । तिनीहरु प्रत्येकको काम समग्रमा फिक्स गर्नु नै भए पनि काम अनुसार प्राविधिक रुपमा त्यसलाई विकास गरिएको कम्पनीको भनाई छ ।

रोकायाका अनुसार यसबाट निर्माण गरिसके पछि सिमेन्ट घरलाई झैं पानी चैं हाल्नुपर्ने तर क्युरिङ अवधि सिमेन्टको भन्दा कम ५ देखि ७ दिन मात्र हुने हुनाले पानीको समेत बचत हुन्छ । उनि भन्छन् –‘हाम्रो पोडक्ट प्रयोग गरेर निर्माण गरेपछि त्यसको आयु पनि परम्परागत तरिकाले निर्माण गरिएको भन्दा डबल आयु हुन्छ । त्यस लगायत निर्माणकर्तालाई स्टोर गर्ने स्थानको तनाव पनि लिनुपर्दैन । कामदार पनि उदाहरणको लागि तीनजना लाग्ने ठाउँमा दुईजना भए पुग्ने हुनाले लेबर कस्ट पनि कम पर्ने भयो । छिटो पनि हुनेभयो अनि फिनिसिङ त हुने नै भयो । घरका सानो रिपेयरिङ त आफैले पनि सजिलै गर्न सकिन्छ ।’

उनका अनुसार केही अति आवस्यक केमिकल मात्र आफुहरुले विदेशबाट ल्याउने गरेको तर यस्का कच्चा पदार्थ सबै पूर्णतया नेपाली नै हुन् ।

अपरेशन हेड रोकाया यसको विश्वस्नीयता र सेवाबारे भन्छन् –‘हाम्रो प्रोडक्ट आइएसओ सर्टिफाइड छ । यसको थप पोलिसीबारे हाम्रो नेपाल सरकारसँग छलफल जारी छ । हामीले प्रोडक्स बजारमा ल्याएको सात महिना भयो । अहिले बनिरहेका घरहरुमा नमूनाका लागि केही पार्ट चैं निःशुल्क पनि गर्दिरहेका छौं । जतिमा हामीले कामको नमुना देखायौं, वहाँहरु सबै सन्तुष्ट हुनुहुन्छ । र, हाल काठमाडौं भ्यालीभित्र र बाहिरबाट समेत थुप्रै डिमान्डहरु आइरहेको छ ।’

कम्पनीको मुख्य कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ भने फ्याक्ट्री चैं विनयी त्रिवेणी, नवलपुरमा रहेको छ । कम्पनी अहिले नेपालका आमनिर्माणकर्तालाई प्रोडक्टमा सम्बन्धमा एजुकेट गर्ने फेजमा रहेको छ । हाल स्पेन, जर्मनी र इटालीमा चैं पहले नै प्रयोगमा आइसकेको र त्यहाँ हाइडिमान्ड र हाइसप्लाईको अवस्था छ । भारत र चीन चैं यसको इमर्जिङ मार्केट हो । कम्पनीले हाललाई देशभित्र र पछि देशबाहिर पनि सम्लाई गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published.