बले, ‘छन्दे, श्रीदेव, समारिका र स्मारिकाको पारा तात्यपछी..

काठमाडौं ४ असोज। बाबुल गिरीको संगीत, गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ । भिडियोमा सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन्।

यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा र्‍याप दिएका छन् । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरिएको निर्देशक सुब्रत आचार्य बताउँछन् । जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन्।

Leave a Reply

Your email address will not be published.