युवराज र अनुष्काको यो कस्तो सम्बन्ध ?

काठमाडौं ४ असोज। युवापुस्तामाझ निकै प्रिय एवम् चर्चित गायक युवराज चौलागाईंको नयाँ गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाज समावेश गरिएको छ। मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गरिन्छ भनेर देखाउन खोजिएको छ।

अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिच्नुभएको गीतको सम्पादन सुप्रिम पराजुलीले गर्नुभएको छ । सार्वजनिक गीतलाई दर्शकले रुचाइरहनु भएको छ । प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको गायक चौलागाईंले बताउनु भयो । भिडियोलाई शान थापाले निर्देशन गरेका छन्।

Leave a Reply

Your email address will not be published.