प्रचन्डले बोलेपछी धर्मभिरुहरु भड्किए, धर्मको नाममा ब्रुनोलाई जिउँदै जलाइयो, लाखौंको अनाहकमा ज्यान गयो !

– योगेश खपाङ्गी

माओवादी अध्यक्ष प्रचन्डले शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताए । उन्ले त्यती मात्र भनेनन् बिज्ञानमा जालझेल गर्न नसकिने, बिज्ञानमा दुईमा दुई जोडे चार नै हुन्छ तर रुढिवादमा जालेझेल हुने भन्दै धार्मिक कट्टरता माथी प्रहार गरे । कार्यक्रममा उन्ले भने, ‘बिज्ञान प्रविधीले समाजवाद तिर, न्याय तिर लैजान्छ । अध्यात्मवाद वा परम्परागत जडताले बिभेदतिर अपमानतिर, उँच-नीच बनाएर मानिसहरुलाई फुटाउने तिर, (लैजान्छ) त्यो गएको छ ।’ उन्ले थप भने, ‘हामीकहाँ त तेत्तिसकोटी देवता हुन्छन्, जतासुकै पूजा गर्दै हिंड्नुपर्ने । मान्छेलाई लात हान्दै हिंड्ने ढुंगालाई पूजा गर्दै हिंड्ने संस्कार छ ।’

योगेश खपाङ्गी

प्रचन्डले दिएको अभिब्यक्तीसँगै रुढिवादी र धर्मभिरूहरुको कन्पारा तातेको छ । यो अभियक्तीबाट धर्म र राजालाई राजनीतिक एजेन्डा बनाउने तथा माओवादी आन्दोलनको जगमा आएको धर्मनिरपेक्षता र आरक्षणको बिरोध गर्नुलाई नै आफ्नो पार्टीको मूल उद्धेश्य लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले आफ्नो छटपटी सामाजिक सन्जाल मार्फत पोखेका छन् । प्रचन्डलाई ट्याग गर्दै उन्ले लेखेका छन्, ‘मातापिता,गुरु,पाहुना र ढुंगालाई समेत प्राण प्रतिष्ठा गरि भगवानका रुपमा पुज्ने मौलिक संस्कृति नेपालमा छ र यो नेपालको विशिष्टता हो । तेत्तीस कोटी देवी देवता, सनातन मान्यता र आस्थाको अवमूल्यन हुने गरि प्रचन्डको अभिव्यक्ति आपत्तिजनक छ ।’

स्मरण रहोस्, लिंग्देनले यस अघी एउटा कार्यक्रममा भारतका हिन्दूहरुको उदाहरण दिंदै ‘मर्न-मार्न’ तयार हुनुपर्ने आशयको भडकाउ भाषण दिएका थिए ।

लिंग्देनको प्रचन्डप्रतीको आक्रोशसँगै सामाजिक सन्जालमा अरु पनि थुप्रै सनातनीहरुको शिर गर्माएको छ । तर प्रचन्डको यो अभिब्यक्तीबाट के सन्देश गएको छ भने माओवादी पार्टी (केन्द्र) शोषित, पीडित र उत्पीडित र अग्रगामी तर्कशीलहरुको पक्षमा हिजो पनि थियो र आज पनि छ भन्ने छ ।

मार्क्सवादको ‘ब्याकबोन’ भौतिकवाद हो । धार्मिक द्वन्द्वका कारण जती मान्छेको कत्लेआम भयो, त्यती त रोग, भोक, अशिक्षा र प्राकृतिक बिपत्तीले पनि मारेको छैन । धार्मिक अतिवादले के सम्म गर्‍यो र गर्छ भन्ने अब हामी चर्चा गरौं :

क्रुसेड वार :

युरोपका क्रिस्चियन र मुस्लिमहरू सन् १०९५ र १२९१ को बिचमा भयंकर युद्द लडे । यस्लाई इशाइहरु धर्मयुद्ध भन्न मनपराउँछन् । इतिहासकारहरूले यस्ता धर्मको लागि गरिएको क्रूर युद्धहरू सातपटक लडिएको बताएकाछन् । यो युद्धमा दुबै तर्फ ठुलो धन-जनको नोक्सान भयो । युद्दका कारण अनुमानित ३० लाख देखी १ करोड १० लाख मान्छे मारिएको बताइन्छ । त्यो बेलाको पृथ्वीको जनसंख्या अनुसार त्यो धेरै ठुलो मानवीय क्षती हो भनी भन्नसकिन्छ । यद्द्पी क्रुसेड युद्ध सन् १२९१ सम्म जारी रहेको भनिन्छ तर इशाइ र मुसलमानबिचको युद्ध अझै पनि जारी छ र यसका कारण लाखौं मान्छे अझै मारीरहेका छन् ।

हिन्दू-मुसलमान युद्ध :

सन् १९४७ मा भारतको विभाजन पछि मुस्लिमहरू विरुद्ध धार्मिक हिंसाका धेरै उदाहरणहरू छन् । प्रायः हिन्दू राष्ट्रवादी भीडहरूद्वारा मुस्लिमहरूमाथि हिंस्रक आक्रमणहरू जुन हिन्दू र मुस्लिम समुदायहरू बीचको छिटपुट साम्प्रदायिक हिंसाको ढाँचा हो । सन् १९५० देखि १९५४ देखि १९८२ सम्म भएका साम्प्रदायिक हिंसाका ६ हजार ९३३ घटनामा हिन्दू–मुस्लिम साम्प्रदायिक हिंसामा १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भारतमा भारतीय जनता पार्टी सरकारमा गए देखी त धर्मको कारण दिनहुँ हत्या-हिंशाको घटना सार्वजनिक भइरहेका छन् । धार्मिक कट्टरताका कारण अरबियन र मुस्लिम राष्ट्रहरुमा पनि कयौं नास्तिक वा तर्कशीलहरुको ज्यान गइरहेको छ, जस्को कुनै हिसाब छैन ।

धर्मको नाममा बैज्ञानीक ब्रुनोलाई जिउँदै जलाइयो :

धर्मको कारण तर्कशील, विद्वान र बैज्ञानीकहरु मारिने नयाँ रोग होइन । हिन्दू धर्म शास्त्र रामायण (भलै त्यो काल्पनिक हो) मा समेत एकजना सम्बुक नामको शूद्रले पढ्यो, लेख्यो र पढायो-सिकायो भनेर हत्या गरिएको लेखिएको छ । त्यसै गरी प्राचीन युरोपमा पनि अलिकती टाठी-बाठी स्त्रीलाई बोक्सी भएको आरोप लगाएर जिउँदै जलाइन्थ्यो भने यता हिदू धर्मको नाममा पनि अनगिन्ती महिलाहरुले अकालमा सती जानुपर्‍यो ।

जब युरोप, अमेरिका र बेलायतमा क्रिश्चियानिटीको प्रभाव सत्तामा थियो । अनाहकमा कयौं बैज्ञानीक र खोजकर्ताहरुको हत्या भयो । तिनै मद्धे एक बैज्ञानीक थिए गिओर्दनो ब्रूनो । उन्को हत्या धर्म र पाखन्डवादले गरेको थियो र उन्को अपराध के मात्र थियो भने उन्ले इशाइहरुको पवित्र पुस्तक बाइबल माथी बैज्ञानीक तत्थ्यसहित धावा बोलेका थिए । त्यो बखत बिज्ञानको कुरा त धेरै परको कुरा भयो, कसैले पनि बाइबलको बिरुद्ध बोल्नु पाप सम्झीइन्थ्यो र त्यो कानुनन् हत्या गरिन लायकको सम्झिइन्थ्यो ।

बाइबिलमा लेखिएको छ, “परमेश्वरले पहिले अन्धकारबाट प्रकाश अलग गर्नुभयो, त्यसपछि ब्रह्माण्ड सृष्टि गर्नुभयो, पृथ्वी सम्पूर्ण ब्रह्माण्डको केन्द्र हो र सूर्य यसको वरिपरि घुम्छ, पृथ्वी घुम्छ ।” यो नियम जनतामा पादरीहरूद्वारा अत्यन्तै कडाईका साथ लागू गरिएको थियो । कसैले यसको विपरीत कल्पना पनि गर्न सक्दैन । कोपर्निकस, जो एक महान खगोलशास्त्री थिए, पादरीहरूको नियमको विरुद्धमा गए र आकाशका विभिन्न ग्रहहरूको बारेमा थाहा पाए र यो पत्ता लगाए कि सूर्यले पृथ्वीको परिक्रमा गर्दैन, बरु उल्टो पृथ्वी सूर्यको वरिपरि घुम्छ । अनी पृथ्वी अचल पनि छैन ।

त्यसबेला समाजमा पादरीहरूको यति धेरै डर थियो कि कसैले बाइबललाई चुनौती दिनै सक्दैन थियो । त्यसैले पादरीहरूले चाँडै बुझ्न नपाउन् भनेर डरका कारण कोपर्निकसले आफ्नो खोज ल्याटिन भाषामा लेखे । जब पुजारीहरूलाई थाहा भयो कि कोपर्निकसको यो पुस्तक धर्म विरुद्ध छ, तब तिनीहरूले पुस्तकलाई प्रतिबन्ध लगाए । जसका कारण यो पुस्तक धेरै वर्षसम्म दबिन पुग्यो ।

त्यसपछि कोपर्निकसको पुस्तक ल्याटिन भाषा बोल्ने पादरी जिओनार्डो ब्रुनोको हातमा आयो, जो एक पास्टर थिए । तर, उनी धेरै जिज्ञासु स्वभावका थिए । जब उनले कोपर्निकसको पुस्तक पढे, उनले सत्य बुझे । त्यसपछी उनी चर्च गए र सबैलाई यसको सत्य बताउन थाले । त्यो कुरा अरु पादरीहरूले थाहा पाए पछी तिनीहरू धेरै क्रोधित भए र ब्रुनोलाई चर्चबाट निष्कासित गरे । लगत्तै उनलाई कठोर सजाय दिने योजना बनाइयो ।

ब्रुनो डराएर स्विट्जरल्याण्ड भागे । तर, उनले कोपर्निकसका सिद्धान्तहरू गहिरो अध्ययन गरे र पत्ता लगाए कि कोपर्निकस सत्य बोल्दै थिए । ब्रुनोले टेलिस्कोप र टेलिस्कोपहरू बनाएर आफ्नो कुरा प्रमाणित गरे । पृथ्वी सूर्यको वरिपरि घुम्छ र आकाशमा धेरै ताराहरू छन् जुन पृथ्वी भन्दा ठूला छन् उन्ले त्यो पत्ता लगाए ।

ब्रुनोको खोजले चर्चलाई यति धेरै क्रोधित बनायो । त्यसले ब्रुनोलाई छल गरेर कैद गरियो । उन्लाई धर्म विरुद्ध प्रचार गरेको तथा ईश्वरनिन्दा कानून अन्तर्गत मुद्दा दायर गरियो । उनलाई ८ वर्ष जेलमा राखेर कठोर यातना दिइयो तर पनि धर्मका ठेकेदारहरूका सामु यस महान् र बहादुर खगोलविद्ले हार मानेनन् ।

अन्ततः १७ फेब्रुअरी १६०० ईस्वीमा ब्रुनोलाई जिउँदै जलाइयो । उसले पहेँलो लुगा लगाएको थियो र उनको टाउकोमा जलिरहेको आगो राखिएको थियो, ताकि ब्रुनो बिस्तारै जल्न र थप पीडा अनुभव गर्न सकून् । उनको पीडादायी मृत्यु सबैले देखून् र कोही पनि भगवानको विरुद्धमा जान नपाओस् भनेर सहरमा उनको शवसहितको जुलुस निकालियो ।

भनिन्छ, ब्रुनोलाई जिउँदै जलाईंदै गर्दा चर्चको घण्टी बजाइएको थियो ताकि धेरै भन्दा धेरै मानिसहरूले उनको मृत्युको दृश्य देख्न सकून् । यसरी प्रायः हरेक धर्ममा विज्ञानको विरोध भयो, धर्मगुरुको दमनबाट जनतालाई मुक्त गराउन चाहनेलाई विभिन्न तरिकाले सताइयो ।

सारमा :

धर्मभिरुता, पाखन्डता र अज्ञानता संसारका सबै मान्छेका साझा शत्रु हुन् । यस्लाई परास्त गर्नु र बिज्ञान र प्रगती तर्फ लम्किनु एउटा शभ्य र सुशिक्षित समाजको दायित्व हो । प्रचन्डले जे बोले, ठीक बोलेका हुन् ।

Leave a Reply

Your email address will not be published.