पहिरोमा परी २२ जनाको मृत्यु, ११ जना घाइते

अछाम । अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । अछामको कमलबजार नगरपालिका, तुर्माखण्ड र ढकारी गाउँपालिकामा पहिरोमा परी २२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ का २ वर्षीय नवीन बुढा, जानकी शाही १७, कल्पना शाही १७, विमला शाही  १७, नेत्र शाही ४५, मनिषा शाही ३६, सुन्दर शाही १३, मेनिका शाही १, कल्पना शाही ३, तुर्माखण्ड गाउँपालिका – ५ की २१ वर्षीया भावना शाही रहेको कार्यालयले पुष्टि गरेको छ ।

त्यस्तै, ३० वर्षीया अमृता कामी, समिता कामी १७, अर्धना कामी २१, निखिल कामी ९, मैनाकला कामी ३६, गीता कामी १५ र कमलबजार नगरपालिका–६ की १२ वर्षीया सिरु कामी हुन् ।

अरु पहिरोमा परी मृत्यु हुनेमा २६ वर्षीय गम्भीर दमाई रहेका छन् । भाना दमाई २३, डिग्रा दमाई ६, कालु दमाई ३, कमलबजार–८ निवासी ४ वर्षीया कल्पना दमाईका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

पहिरोमा परी ११ जना घाइते भएका छन् । तीमध्ये तीन जनालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published.