युक्रेन यतिबेला युद्धमा छ । रुस र युक्रेन युद्ध गत फेबु्रअरीदेखी सुरु भएको हो । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्सीको नाटो सेनामा सामेल हुने हठका कारण रुसले युक्रेनमाथि युद्ध छेडेको हो ।
पूर्व सोभियत संघको हिस्सा युक्रेन एउटा सुन्दर देश हो । प्रस्तुत छ यो देशका बारेमा १० केही रोचक तथ्य :
१. युक्रेन क्षेत्रफलको हिसाबले युरोपको सबैभन्दा ठूलो देश हो ।
२. युक्रेनको राजधानी किएब युक्रेनको सबैभन्दा धेरै जनसंख्या भएको शहर हो । साथै त्यहाँको राजनीति, अर्थव्यवस्था र संस्कृतिको प्रमुख केन्द्र पनि हो । यो शहरको स्थापना १६ सय वर्ष पहिले स्थापना भएको थियो ।
३. दोस्रो विश्वयुद्धमा हिटलरको नाजी सेनाबाट बच्न लाखौं यहूदीहरूले शरण लिए । तर, नाजी सेनाले आक्रमण गरेर धेरै यहूदीहरूको नरसंहार गरे ।
४. संसारकै सबैभन्दा घातक आणविक प्लान्ट दुर्घटना चेर्नोबिल आणविक दुर्घटना थियो । यो दुर्घटना सन् १९८६ मा युक्रेनमा भएको थियो।
५. युक्रेनको आधिकारिक भाषा युक्रेनी हो, तर साधारण मानिसहरूले रूसी भाषा राम्रोसँग बोल्छन् र बुझ्छन् ।
६. १९९० मा युक्रेनको जनसंख्या ५ करोड ४ लाख थियो जुन अहिले घटेर ४ करोड ३७ लाखको हाराहारी झरेको छ । यो गिरावटको कारण अन्य देशमा नागरिकको बसाइँसराइ र जन्मदरमा आएको कमी हो । भने हाल रसिया-युक्रेन युद्ध पनि कारक हो ।
७. युक्रेनको जनसंख्याको ७०% शहरी क्षेत्रमा बसोबास गर्दछ । देशका जनताको औसत आयु ४०.५ वर्ष रहेको छ ।
८. युक्रेनमा मेडिकल अध्ययन नेपाल, भारत र अमेरिका जस्ता देशहरूमा भन्दा धेरै सस्तो छ ।
९. संसारको सबैभन्दा गहिरो स्थानमा अवस्थित मेट्रो रेलवे स्टेशन युक्रेनको किएभको Arsenalna station हो । यो जमिनी सतहभन्दा १०५.५ मिटर तल छ ।
१०. संसारका अधिकांश भागहरूमा, बायाँ हातमा विवाहको औंठी लगाउने चलन छ। तर युक्रेनमा दाहिने हातमा लगाइन्छ ।