अन्य स्तनधारी प्राणीहरू जस्तै मानिसको प्रजनन-मौसम किन हुँदैन?

अन्य प्राणीजस्तै मानिसको समागमका लागि कुनै मौसम वा ऋतु हुँदैन । यसका धेरै कारण छन् ।

मानव (अर्थात् होमो सेपियन्स) ले स्वतन्त्र प्रजातिको रूपमा विकसित भएदेखि आफ्नो प्रजनन रणनीति परिवर्तन गरेका छैनन् । Homo sapiens अफ्रिकामा उत्पत्ति भएको हो र भूमध्य रेखीय अफ्रिकाको मौसम सामान्यतया एक समान छ । त्यहाँ चिसो हुँदैन, वर्षा त नाम मात्रको हुन्छ र बाँकी समय मौसम सुख्खा रहिरहन्छ । मानिसलाई वर्षभरि पर्याप्त पानी र खाना चाहिन्छ र यस क्षेत्रमा सबै स्रोतहरू प्रशस्त मात्रामा उपलब्ध थिए । त्यसैले मानिसलाई आफ्नो अस्तित्व सुनिश्चित गर्न विशेष मौसममा प्रजनन गर्न आवश्यक थिएन।

हामी जङ्गलमा बस्ने प्राइमेटहरूबाट विकसित भएका छौं जसका लागि वर्षभरि पर्याप्त खाना उपलब्ध थिए । त्यसैले प्रारम्भिक मानवहरूले कुनै विशेष मौसममा प्रजननको बारेमा सोच्नुपरेको थिएन । मौसमी प्रजनन तब विकसित हुन्छ जब एक प्रजातिले विशेष मौसममा मात्र सफल प्रजननका लागि आवश्यक पर्ने कुराहरू प्राप्त गर्दछ।

मानव बच्चाहरूलाई पूर्ण रूपमा स्वतन्त्र हुन लगभग १२-१३ वर्ष वा सोभन्दा बढी समय लाग्छ। साना केटाकेटीहरू लगभग १ वर्षको उमेरसम्म आमामा पूर्ण रूपमा निर्भर हुन्छन् । केही समाज वा संस्कृतिहरूमा, शिशुहरूले ५ वर्षको उमेरसम्म आमाको दूध पिउने गर्छन् । यस्तो अवस्थामा कुनै विशेष मौसममा उत्पादन हुने कुनै पनि वस्तुले बालबालिकाको विकास र मानिसको प्रजनन आवश्यकतामा कुनै असर गर्दैन ।

हाल स्त्रीको महिनावारी भएको वा नभएको भन्ने कुरा लुगाले ढाकिएको कारण थाहा हुँदैन तर हजारौं वर्ष पहिले देखी मानिस नग्न नै थियो । जसकारण कुनै स्त्री समागमका लागि उपयुक्त भएको वा नभएको सबैले सहजै देख्न सक्थे । र, उनीहरुबीचको सम्बन्ध सहज थियो । आज हामी स्त्रीको यौन अंगहरू देख्दैनौं, तर उनको धेरै सूक्ष्म शारीरिक भाषा र आवाजको परिवर्तनले उनको शरीर प्रजननको लागि तयार छ भन्ने संकेत थाहा पाउँनसक्छौ । स्त्रीको शरीरबाट निस्कने फेरोमोनेसले पुरुषलाई असर गरिरहेको हुन्छ तर पुरुषलाई यो कुरा थाहा हुँदैन । यो सबै धेरै अनौठो छ !

मानव महिलाहरू सधैं गरम हुन्छन् । किनभने हाम्रा प्रजातिहरूमा अन्य स्तनधारी प्रजातिहरूको विपरीत आमाबाबु दुवैले बच्चाहरूको हेरचाह गर्नुपर्छ। यो तब मात्र हुन सक्छ जब दुबैले आफ्ना छोराछोरीलाई माया गर्छन् । धेरैजसो स्तनपायीहरूले आफ्नो बच्चालाई छोटो समयको लागि मात्र माया गर्छन् । स्त्रीको शरीरमा स्तनको स्थानले पनि आमा र बच्चाबीच गहिरो भावनात्मक बन्धन बनाउँछ । स्त्रीको अगाडि तर्फ फर्किएको स्तन भएका प्रजातिहरूले आफ्ना सन्तानहरुप्रती लामो समयसम्म लगावको भावना देखाउँछन् ।

थप रूपमा, मानवहरू स्तनपायी प्राणीहरूमा पनि अद्वितीय छन्, तिनीहरूले सम्भोग गर्दा एक अर्काको सामना गर्छन् । किनभने मानवहरूको लागि संभोगले शारीरिक र भावनात्मक आवश्यकताहरू पूरा गर्दछ । यही कारणले गर्दा महिलाको स्तन पनि कामोत्तेजक क्षेत्रको रूपमा विकसित भएको छ र यसले पुरुषहरूलाई आफूतर्फ आकर्षित गर्छ । यसको विपरित, अधिकांश स्तनधारी नर जनावरहरू महिलाको पुट्ठा देखेर उत्साहित हुन्छन् । बाँदरका कतिपय प्रजातिमा पोथी तातो भएका कारण उनको पुच्छरको तल्लो भाग फुल्छ र रंगीन देखिन थाल्छ ।

Leave a Reply

Your email address will not be published.