काठमाडौं । आज १७ अगष्ट २०१८ । आजको दिन पनि विश्वमा विभिन्न घटना तथा अविस्मरणीय कामहरु भएका छन् । आज अर्थात अगष्ट १७ तारिखका दिन भएका घटनाहरुलाई प्रस्तुत गर्नुपर्दाः

१. सन् १८७९ को १७ अगष्टका दिन फेर्डिनाण्ड दे लेस्सेप्स नामक एक फ्रेन्च इन्जिनियरले पानामा नहर कम्पनिको स्थापना गरेका थिए ।

२. सन् १९०३ मा आजकै दिन जोसेफ पुलित्जरद्वारा आफ्नो नामको पुरष्कार स्थापना गर्नको लागि कोलम्बिया विश्व बिद्ध्यालयलार्इ १० लाख डलर चन्दा प्रदान गरेका थिए । त्यसपश्चात पुलित्जर पुरष्कारको आरम्भ भएको हो ।

३. सन् १९१८ को १७ अगष्टकै दिन Leonid Akimovic Kannegisser नाम को सैनिक जवानले सोभियत बोल्सेभिक नेता तथा लेनिनग्राद सिटि का गुप्तचर प्रमुख Moisei Solomonovich Uritsky लार्इ गोलि हानेर हत्या गरेका थिए र ब्रिटिश दुतावास भवनमा शरण लिन पुगेका थिए ।

