कोभिड महामारी सुर भए यता १९.९० प्रतिशत बैंक ऋणीको संख्या बढेको छ । महामारी सुरु हुँदा १५ लाख २५ हजारको संख्यामा रहेका बैंकका ऋणी हाल १८ लाख नाघेको छ । २०७६ चैत मसान्तदेखि २०७९ असारसम्म ३ लाख ३ हजार ६ सय (१९.९० प्रतिशत) को संख्यामा ऋणी थपिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या क्रमशः बढ्न थालेको छ । कोभिड अघि भने कुल ऋणीको संख्या १२ लाख ६९ हजार थियो। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो २ वर्ष ऋण लिनेको संख्या बढेको छ ।
साथै अत्याधिक कर्जा प्रवाह गर्दा नीतिगत सीमाको पनि ख्याल गर्नुपर्ने भएकाले बैंकरले कर्जा नियन्त्रण गर्नै पर्ने बाध्यता छ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी अभाव चर्किएकाले साउन मसान्तसम्म २६ वाणिज्य बैंकमध्ये १ दर्जन बैंकको कर्जा प्रवाह क्षमता कसिलो रह्यो । उक्त अवधिसम्म ३ बैंकले त सीमा नै नाघेर कर्जा प्रवाह गरेका थिए ।
पाल राष्ट्र बैंकले २०७९ असारदेखि कर्जा–निक्षेप अनुपात ९० प्रतिशतको सीमा पार गर्नेलाई कारबाही थालेको छ । यसका बाबजुद पनि सेञ्चुरी, नबिल र नेपाल बैंकको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतको सीमा नघाएका थिए । यद्यपि भदौ १६ गतेसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भने समग्रमा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात औसत ८८.३५ प्रतिशत छ ।