रक्सी चोर्न गएकाहरु पिउँदा पिउँदै भाग्न बिर्सिएपछी …

दक्षिण भारतीय राज्य तमिलनाडुको थिरुवल्लुर शहरमा चोरीको अनौठो घटना भएको छ । दुईजना चोर रक्सी चोर्ने उद्धेश्यले रक्सी पसलमा भित्ता फुटाएर पसल भित्र छिरे । बोतल बोकेर भाग्नु अघी तिनीहरु त्यहीं बसेर पिउन सुरु गरे । पिउँदा-पिउँदै उनिहरुलाई समय बितेको पत्तै भएन । मातेर लट्ठ भएपछी उनिहरु त्यहाँबाट भाग्न नै बिर्सिएछन् । पछी गस्तीमा रहेका प्रहरीहरुले उनिहरुलाई सोही फुटाएको प्वालबाट निकै कठिनाईकासाथ निकाले । दुबै चोरहरूलाई गिरफ्तार गरिएपछी र सोधपुछ गरियो ।

घटना गत शनिबारको रात भएको हो । त्यहाँको कावरईपेट्टई भन्ने स्थानमा सरकारद्वारा संचालित एक रक्सी पसल बन्द गरेर सेल्समैनहरु घर गए । त्यस पछी तीं दुई चोरहरुले पसलको पछाडिपट्टीको पर्खाल फुटाएर भित्र छिरे । भित्र गए पछि उनिहरुले त्यहीं नै रक्सी पिउन शुरू गरे । पिउँदा पिउँदै उनिहरुले पसलभित्र गरेको हल्लिखल्ली गस्तीमा रहेको प्रहरी टोलीले सुन्यो । उनिहरुले अनुसन्धान गर्दा पसलको पछाडि तर्फ भर्खरै फुटाइको पर्खालमा मुस्किलले मान्छे छिर्नसक्ने प्वाल देखे । त्यस पश्चात प्रहरीले दुई रक्स्याहा चोरलाई ठाउँको ठाउँ पक्रियो ।

Leave a Reply

Your email address will not be published.