समाज, मिडिया र सामाजिक सञ्जालको सबैभन्दा ठूलो समस्या

– योगेश खपाङ्गी

अहिलेको दुनियाँमा मिडिया र सोशल मिडिया सफल व्यक्तिहरूको कथा मात्र खोजिरहेको छ । असफल मानिसहरूसँग कसैको कुनै सरोकार नै छैन र राख्दैन ।

योगेश खपाङ्गी

सफल व्यक्तिको कथा कस्तो हुन्छ, मानिसहरू कसरी धनी हुन्छन्, मानिसहरू प्रसिद्ध कसरी हुन्छन्, मानिसहरूले धेरै तौल कसरी घटाउँछन्, कसरी कोही रुपवान र रुपमती बनिरहेको छ, रातारात भाईरल हुन के-के सर्टकट छ आदी । अधिकांश ब्यक्तीको खोजीको बिषय यही हुने गरेको छ । अनी मिडियाले पनि पाठकले जे खोज्छ, त्यही नै दिने हो । मिडिया आफै ‘सर्टकट’को चँगुलबाट मुक्त छैन । बजारमा सागको खोजी भइरहेको छ भने ब्यापारीले पनि साग नै त बेच्ने हो । तर, मिडिया फगत एउटा ब्यापार मात्र हो भन्ने बुझ्नु र बुझाईनु दु:खद अवस्था हो ।

प्रश्न आउँछ – त्यसोभए रातारात भाईरल हुनु, ठुलो सन्जालले एकै पटक चिन्नु, रातारात सेलिब्रेटी हुनु वा रातारात धन कमाउनु । यसमा के समस्या छ त ?

सोसल मिडिया र मिडियामा हामीलाई दुईवटा तस्बिर देखाइन्छ जसको पहिलो तस्विरमा निकै मोटो व्यक्ति देखिन्छ भने दोस्रो तस्विरमा हामीलाई थोरै शब्दमा भनिन्छ कि त्यो व्यक्तिले यति दिनमा यति किलो तौल घटाए ।

मिडियाले पनि पाठकले जे खोज्छ, त्यही नै दिने हो । मिडिया आफै ‘सर्टकट’को चँगुलबाट मुक्त छैन । बजारमा सागको खोजी भइरहेको छ भने ब्यापारीले पनि साग नै त बेच्ने हो । तर, मिडिया फगत एउटा ब्यापार मात्र हो भन्ने बुझ्नु र बुझाईनु दु:खद अवस्था हो ।

कहिलेकाहीँ हामीले एउटा सानो एक पृष्ठको लेख पढ्न पाउँछौं जसमा भनिएको हुन्छ कि एयरबिएन्बी नामको कम्पनी यति सानो स्तरबाट सुरु भयो र केही समयमै यो धेरै ठूलो र सफल कम्पनी बन्यो र यसको संस्थापक अरबपति बने ।

प्राय: हामीले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा छोटो भिडियो पोस्ट गरेको पाउँछौं जसमा एक सफल उद्यमीले कसरी उत्कृष्ट उत्पादन बेचेर आफ्नो पहिलो मिलियन डलर कमाए भनेर बढाइचढाइ बताइएको हुन्छ ।

यी कथाहरू अती छोटो हुन्छन् । जस्ले यो पोस्ट गरे, तिनीहरूसँग त्यसबारेमा धेरै विवरणहरू हुँदैनन् र दिंदैनन् पनि । कुनै मान्छे सफल बन्न उसले भोग्नुपरेको पीडा, असफलता, संघर्ष, त्याग र कडा परिश्रमको बारेमा जस्ले बताउँछ, त्यस्ता सामाग्री सोशल मिडिया र मिडियाका पाठकले लत्याउँछन् । यस्ले सँधै जीवनमा सर्टकट कसरी अपनाउने ? भन्ने बारे अभिप्रेरित मात्र गरिरहेको हुन्छ ।

सुरुवात कत्तिको कठिन थियो र सफलता कति रोमान्चक थियो भनेर तिनीहरूले सर्टकटमा मात्र बताउँछन् । वास्तवमा यो नै मुख्य समस्या हो ।

यी र यस्ता कथाहरू पढेर र हेरेपछि कतिपयलाई लाग्छ सफलता धेरै नै सजिलो छ, त्यसैले तिनीहरू पनि मैदानमा उत्रिन्छन् र भाईरल हुन, सुन्दर-सुन्दरी हुन, एकाएक पैसाको वर्षा गराउन त्यस्ता ब्यक्तीहरु जुनसुकै फर्मुला प्रयोग गर्न थाल्छन् ।

तर सफलता भन्ने कुरा एकैरातमा हात परीहाल्ने कुरा पनि त होइन । केही समय लागिभिंडे पछी यी मध्ये केही व्यक्तिहरू चाँडै हार मान्छन् र लाखापाखा लाग्छन् । तर केही चैं ‘ओभरनाइट करोडपति कसरी बन्ने ?’ जस्ता सफल व्यक्तिहरूले लेखेका पुस्तकहरू खोजी-खोजी पढ्छन् र उनीहरूले यी पुस्तकहरूमा दिइएका सर्टकटहरू प्रयोग गरे भने उनीहरू पनि त्यो त्यस्ता पुस्तकको नायकले झैं रातारात करोडपति बन्नेछन् भन्ने सोच्न थाल्छन् ।

बालेन र हर्कहरुले सजिलैसँग चुनाव जितेर ओहोदाको पद हासिल गरे । त्यही ‘सर्टकट फर्मुला’ लगाएर देखेर आउँदो आमनिर्वाचनमा थुप्रै ‘स्वतन्त्र’ उम्मेदवारहरु राजनीतिक मैदानमा उत्रिएका छन् । रवी लामिछाने, रन्जु दर्शना, पुकार बम, कुमार कट्टेल जिग्री, सिते बा भनिने मधुसुधन पाठक, राधा पोख्रेल लगायतका थुप्रै दलबिहीन उम्मेदवारहरु युवाको पक्षमा राजनीतिक माहौल बनेको लख काटेर चुनावी ढोक्सो थाप्ने प्रयत्न गरिरहेका छन् ।

यस्ता सर्टकटको खोजी गर्नेहरु नै हुन्, जो टिकटकमा जुनसुकै बेला लाइभ बसेर दयाको भिक मागिरहेका हुन्छन् । दर्शकको खल्तीको पैसा झार्ने प्रयत्न स्वरुप तिनिहरु अश्लील हर्कत गर्न र उटपटांग हर्कत गर्न पनि पछी पर्दैनन् भने कतिपय युट्युबरहरु सर्टकटमा धन कमाउने आशामा अरु कुनै ब्यक्तीलाई ‘मन्युपुलेट’ गरिरहेका भेटिन्छन् । तरकारीवाला वा वाली, भेलु बाजे, चाउमिनवाला वा अरु थुप्रै ब्यक्तीहरु त्यस्ता कमाउधन्धा गर्नेहरुको ‘मन्युपुलेशन’मा परेका ब्यक्तीहरु हुन्, जुन कुरा उनिहरुलाई थाहा नै हुनसकेको जस्तो देखिंदैन ।

यसपटक बालेन र हर्कहरुले सजिलैसँग चुनाव जितेर ओहोदाको पद हासिल गरे । त्यही ‘सर्टकट फर्मुला’ लगाएर देखेर आउँदो आमनिर्वाचनमा थुप्रै ‘स्वतन्त्र’ उम्मेदवारहरु राजनीतिक मैदानमा उत्रिएका छन् । रवी लामिछाने, रन्जु दर्शना, पुकार बम, कुमार कट्टेल जिग्री, सिते बा भनिने मधुसुधन पाठक, राधा पोख्रेल लगायतका थुप्रै दलबिहीन उम्मेदवारहरु युवाको पक्षमा राजनीतिक माहौल बनेको लख काटेर चुनावी ढोक्सो थाप्ने प्रयत्न गरिरहेका छन् । यिं ब्यक्तीहरु चैं सांसद र मन्त्री बन्न अयोग्य नै छन् भन्ने होइन तर एउटा प्रधानमन्त्री, मन्त्री र सांसद बन्न यस अघीको पुस्ताले कती त्याग गरेको छ र कती हन्डर खाएको छ भन्ने यिनिहरु कसैले हेक्का राखेको देखिएन । लाग्दैछ – यिनिहरुलाई ‘सर्टकट वे’ बाटै सांसद पद हत्याइहाल्नु पर्ने छ । त्यसले गर्दा यिनिहरु युवाको रट लगाइरहेका छन् भने बुढोपुस्ताको गालीगलौज गर्दै अपमान गर्न पनि पछीपरेका छैनन् ।

नयाँ र ‘सोशलमिडिया पुस्ता’ले बुझ्नुपर्ने कुरा चैं के हो भने हरेक किसिममा जीवनोपयोगी सामग्रीहरु पनि पाईन्छन् र खोज्ने गर्नुपर्छ । तर, ‘रियल लाइफ’मा सफलता ‘ह्याक’ गर्ने कुनै सर्टकट फर्मुला बनेकै छैन, जुन खोजेर पाइँदैन ।

आजको हाम्रो समाजको सबैभन्दा ठूलो समस्या नै यै हो, जो मेहनत, समर्पण र त्याग बिना नै रातारात सर्टकट बिधीमै सफलता प्राप्त गर्न चाहन्छ । यस्ले पक्कै पनि एकदिन समाज र देशलाई भड्खालोमा पार्ने नै छ ।

Leave a Reply

Your email address will not be published.