‘काम गरी खान दे’ भन्दै फुटपाथ व्यवसायी सडकमा

काठमाडौं, १७ भदौ । काठमाडौंमा फुटपाथका ‘काम गरी खान दे’ भन्दै फुटपाथ व्यवसायी सडक प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा उनिहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, काम गरी खान दे, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर’ जस्ता नारा र प्लकर्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

संघर्ष समितिका ३ बुँदे मागहरु :

१. सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण व्यवसायीहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने ।
२. सम्पूर्ण सडक स्वरोजगार व्यवसायीलाई मापदण्ड बनाइ उचित व्यवस्थापन राज्यले गर्नुपर्छ । बिना विकल्प विस्थापित गर्न पाइदैन ।
३. राज्य प्रशासनका तर्फबाट भइरहेको अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार व्यवसायी र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने ।

Leave a Reply

Your email address will not be published.