महामानव बुद्धका १४ महावाणी, जसले तपाईंको जीवन बदल्छ

विश्व-गुरु महामानव बुद्धले हामीलाई आजभन्दा २५ सय वर्ष अघी नै कयौं जीवनोपयोगी ज्ञान शूत्रहरु दिनुभएको छ । तर, बुद्धको ज्ञानको पिटारा धर्मको साँघुरो घेराभन्दा बाहिर आउन नसक्नु दु:खद कुरा हो । दियो मुनी अध्याँरो भने झैं हामी नै बुद्धको ज्ञान, शिक्षा र जीवनदर्शनबाट अनभिज्ञ छौं, जहाँ उन्को जन्म भएको थियो ।

यहाँ केही बुद्धवाणीहरु उल्लेख गरिएको छ, जसलाई तपाईंले आफ्नो जीवनमा लागू गर्नुभयो भने अवश्य पनि जीवन जिउने शैली बदलिदिने छ :

१) मानिसको सबैभन्दा ‘ठूलो दुश्मन’ मानिस नै हो । हरेक मानिसले मानिसलाई राम्ररी चिन्नु ।

२) सबैभन्दा ठूलो असफलता आत्मस्वार्थमा बाँच्नु र आफ्नो सफलतालाई अरुको स्वार्थसँग पनि जोड्नु हो ।

३) सबैभन्दा ठूलो शोक ईर्ष्या हो । ईर्ष्या नगर्नु र शोकबाट मुक्त हुनु ।

४) सबैभन्दा ठूलो गल्ती आफूले आफैँलाई नचिन्नु हो । सबैभन्दा पहिले आफ्नो हैसियत बुझ्नु ।

५) सबैभन्दा ठूलो अपराध मातापिताको आदर नगर्नु हो । मातापिताको सेवा गर्नु ।

६) सबैभन्दा ठूलो अज्ञानता छलकपट हो । छलकपट गरेर आफुलाई मात्र बाठो भएको नठान्नु ।

७) सबैभन्दा दयालाग्दो अवस्था अवसाद (Depression) हो । आफुलाई जहिले पनि व्यस्त राख्नु ।

८) सबैभन्दा ठूलो गौरब असफलताहरूबाट उत्रिनु हो । सफलताको निम्ति लागि रहनु ।

९) सबैभन्दा धेरै टाट पल्टिनु भनेको निरास हुनु हो । सँधै आशावादी हुनु ।

१०) सबैभन्दा ठूलो सम्पती स्वस्थ्य र ज्ञान हो । सबै कुरा नखानु तर सबै कुरा सिक्नु ।

११) सबैभन्दा ठूलो ऋण कसैको माया तिर्न नसक्नु हो । सबैभन्दा धेरै माया गर्ने मातापितालाई माया तिर्नु, सबैसँग मीठो बोल्नु ।

१२) सबैभन्दा ठूलो उपहार स्वीकार्य हुनु र क्षमा पाउनु हो । अरुको भलो गर्नु, गल्ती हुनासाथ क्षमा माँग्नु ।

१३) सबैभन्दा ‘ठूलो कमजोरी’ अज्ञानता हो । सँधै अध्यायन गरिरहनु ।

१४) सबैभन्दा ‘ठूलो सान्त्वना’ भनेको दान हो । कमाईको केही अंश दान गर्नु ।

Leave a Reply

Your email address will not be published.