सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा साउदी महिलालाई ४५ वर्षको जेल सजाय

दुबइ, १६ भदौ । साउदीको एक अदालतले नोरा बिन्त सइद अल खतानी नामक एक महिलालाई सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । यो एक महिनामा दोस्रो केस हो, जसका कारण साउदी अरेबिया प्रश्नको घेरामा छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नोरा विरुद्ध कुनै रेकर्ड उपलब्ध छैन ।

अदालतका कागजातका अनुसार नोरामाथि सामाजिक सञ्जाल प्रयोग गरेको आरोप छ । मानवअधिकार संगठनहरूले सोध्दा साउदी अधिकारीहरूले विस्तृत विवरण दिएनन् । नोरालाई आतंकवाद विरोधी र साइबर अपराध कानून अन्तर्गत सजाय सुनाइएको हो । सामान्यत: राजनीतिक र राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलाहरू सम्बोधन गर्ने अदालतले नोराको सजाय विरुद्धको अपिलको सुनुवाइका क्रममा उक्त सजाय सुनाएको हो । उनीमाथि एकता र सामाजिक संरचनामा चोट पुर्‍याएको आरोप लगाइएको छ तर नोराले अनलाइनमा के पोष्ट गरेकी हुन् भन्ने खुलाइएको छैन । उनको सुनवइ हुने स्थान बारे कुनै जानकारी उपलब्ध छैन । – एजेन्सी

Leave a Reply

Your email address will not be published.