किम जोङ उनले आफ्ना कर्मचारीहरू पूर्वी युक्रेनमा पठाउने

सिओल, १६ भदौ । युक्रेन र रुसबीच जारी युद्धको सातौं महिना सुरु भएको छ । यसैबीच, उत्तर कोरियाका तानाशाह किम जोङ उनले रुसी कब्जामा रहेको युक्रेनको क्षेत्रमा आफ्ना निर्माण कार्यकर्ता पठाउने कुरा गरेका छन् ।

उत्तर कोरियाको यो विचारलाई रुसी वरिष्ठ अधिकारी र कूटनीतिज्ञहरूले खुलेर समर्थन गरेका छन्। रुसले युक्रेनको भत्किएको पूर्वाधारलाई सही अवस्थामा फिर्ता ल्याउन सस्तो र मेहनती कामदारको खोजी गरिरहेको छ। यो कुरा उत्तर कोरियाका लागि रुसी राजदूतले हालैको अन्तर्वार्तामा भनेका थिए । प्रतिकृया स्वरुप युद्धका क्रममा क्षतिग्रस्त भवनहरू पुनर्निर्माण गर्न उत्तर कोरियाले उक्त प्रस्ताव राखेको हो ।

गत महिना उत्तर कोरियाले कूटनीतिक माध्यमबाट युद्धको क्षतिको मर्मतका लागि आफ्ना निर्माणकर्ताहरूलाई दिने संकेत गरेको थियो । उत्तर कोरियाले रुसको पक्षमा सन्तुलन ल्याउने प्रयासमा बिशाल लडाई बल आपूर्ति गर्न सहमती दिएको थियो । – एजेन्सी

Leave a Reply

Your email address will not be published.