गोर्बाचेभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने भएका छन् । गोर्बाचेभको अन्त्येष्टि शनिबार हुने भएको छ । पुटिनले बिहीबार उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। ९१ बर्षिय गोर्बाचेभको गत मंगलबार मृत्यु भएको थियो । तर पुटिनका स्पोक्सपर्शन दिमित्री पास्कोभले समयभाव अर्थात ‘टाइट सेड्युल्ड’ भएका कारण राष्ट्रपती सामेल हुन नसक्ने बताएका छन् ।

मिखाइल गोर्बाचेभ युनाइटेड युनियन अफ सोभियत समाजवादी गणतन्त्र (USSR) का अन्तिम नेता थिए । १९८९ मा कम्युनिष्ट पूर्वीयुरोपमा सोभियत संघमा लोकतन्त्र समर्थक आन्दोलन तीव्र हुँदा गोर्बाचेभले बल प्रयोग गरेका थिएनन् । उनले ग्लासनोस्तको नीति (पूर्व सोभियत संघमा सन् १९८५ मा मिखाइल गोर्बाचेभले सुरु गरेको सरकारलाई खुला सल्लाह र सूचनाको व्यापक प्रसार गर्ने नीति) र अभिव्यक्ति स्वतन्त्रतालाई मान्यता दिए, जुन उनको अघिल्लो शासनकालमा गम्भीर रूपमा कटौती गरिएको थियो। गोर्बाचेभले पेरेस्त्रोइका नामक आर्थिक सुधारको कार्यक्रम पनि प्रारम्भ गरे, जुन सोभियत अर्थतन्त्रले मुद्रास्फीति र आपूर्ति अभाव दुवैसँग संघर्ष गरिरहेको बेला आवश्यक थियो । उनको पालामा प्रेस र कलात्मक समुदायलाई सांस्कृतिक स्वतन्त्रता दिइएको थियो । सरकारी संयन्त्रमा पार्टीको नियन्त्रण घटाउन उनले आमूल सुधार ल्याए । उनको शासनकालमा हजारौं राजनीतिक बन्दी र उनीहरूका असन्तुष्टहरूलाई रिहा गरिएको थियो । उनी संयुक्त राज्य अमेरिकासँगको आणविक निशस्त्रीकरण सम्झौताको सफलताका लागि परिचित छन् । राष्ट्रपति पद छोडेपछि, गोर्बाचेभले विश्वभर धेरै पुरस्कार र सम्मान प्राप्त गरे । उनलाई सन् १९९० मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो । शीतयुद्ध अन्त्यमा भूमिका खेलेको भन्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।

सोभियत संघको विघटनपछि गोर्बाचेभले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो । उनी सोभियत संघको विघटन चाहँदैनन् भन्ने कुरा उनले धेरै पटक भने । राष्ट्रपति चुनावमा उनी सातौं स्थानमा परेका थिए । पछि उनी पुटिनको कडा आलोचक बने ।

Leave a Reply

Your email address will not be published.