काठमाडौं,३१ साउन – कारोबार हुने हप्ताको अन्तिम शेयरबजार परिसूचक नेप्से सामान्य बढेको छ ।
वाणिज्य बैंकहरुको नाफा बढेसँगै बुधबार २९ अंकले बढेको नेप्से बिहीबार भने शून्य दशमलब ६१ अंकले बढेर १२ सय १० दशमलब ३२ बिन्दुमा पुगेको छ ।
बिहीबार उत्पादन र बैंक समूहको शेयर बढे पनि अरु धेरैजसो समूहको शेयर सामान्य घटेको छ । बिहीबार उत्पादन समूहको शेयर ७७ अंकले बढेको छ भने बैंकिङ समूहको शेयर ४ अंकले बढेको छ ।
बिहीबार जीवनबीमा कम्पनीको शेयर ३० र होटल समूहको शेयर २७ अंकले घटेको छ । कारोबार रकम हिजोको तुलनामा बिहीबार ९ करोड रुपैयाँले बढेको छ ।
बुधबार ३६ करोडको शेयर किनबेच भएकोमा बिहीबार ४५ करोड ५९ लाख रुपैयाँ बराबरका १३ लाख ५९ हजार कित्ता शेयर किनबेच भए । नेप्से सामान्य बढे पनि बिहीबार ललितपुर फाइनान्सका शेयरधनीले १० प्रतिशत गुमाएका छन् । आज सबैभन्दा धेरै बोटलर्स नेपालका शेयरधनीले ८ प्रतिशत कमाएका छन् ।