धनुषा,३१ साउन – जनकपुरधाम उपमहानगरपालिका–२३ मा एक महिलाले आफु बलात्कृत भएको बताएकी छन ।२५ वर्षीया महिलाले विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डलले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बतएकी छन् ।
राति करबि १ बजे तिर सुरुङ खनेर घरभित्र पसी आफूलाई मुखथुनेर जबरजस्ती करणी गरेको महिलाले बताएकी छन ।
महिलाले विद्युत प्राधिकरणकामा घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिइन् ।पति वैदेशिक रोजगारमा रहेका र तीनजाना छोराछोरीसँग बस्ने महिलाइ कर्मचारी मण्डलले सुतिरहेको मौकाछोपी बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।
दुई दिनअघि कर्मचारी मण्डल मिटर जडान गर्न भन्दै पहिला घर हेर्न गएका थिए । घरमा पसेर कहाँ मिटर ठोक्ने भन्दै पुरै घर हेरेको र त्यसपछि रातिको समयमा घरमा सुरुङ खनेर पसी बलात्कार गरेको पीडित महिलाले दुखेसो पोखेकी छन् ।
महिला सहित स्थानीयले घटनामा संलग्न दोषी कर्मचारीलाई प्रहरीले बचाउ गर्न खोजेको भन्दै उजुरी दर्ता गरेर दोषीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।