धादिङमा ७ हजार किलो मरिच बरामद

धादिङ,३१ साउन – भारतीय नम्बरप्लेटको कन्टेनरमा लुकाएर नेपालबाट भारतमा तस्करी हुन लागेको ७ हजार केजी मरिच प्रहरीले बरामद गरेको छ।

बेनिघाटको मझिमटारबाट सुराकीको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो। कन्टेनरमा २५ किलो दरका २ सय ८० बोरा मरिच बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले चालक मोहम्मद अन्जारलाई समेत पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको छ।

Leave a Reply

Your email address will not be published.