इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४६०

काठमाण्डौँ, ३१ साउन – अगष्ट ५ मा मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको छ ।
भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिए छ ।

भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका छन ।

भूकम्पबाट भएको क्षतिको अझै पूर्ण विवरण भने प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published.