अमेरिकी डलरको भाउ बढे सँगै यस्तो छ आजको मुद्रा विनीमय दर

काठमाडौं,३१ साउन – अमेरिकी डलरको भाउ बढ्ने क्रममा नेपालीसहित अन्य मुद्रा कमजोर बन्दै गएको छ ।

बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ५४ पैसा तोकेको छ । अमेरिकी एक डलरको बिक्रि मूल्य १ सय १२ रुपैयाँ १४पैसा कायम भएको छ ।
यसरी अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपालीसहित अन्य मुद्रा कमजोर बनेको छ । खाद्यान्न लगायतका बस्तुको आयात गर्ने नेपालको आर्थिक अवस्था असन्तुलन हुने अर्थविद्हरुले जनाएका छन् ।

यस्तै आजको अन्य मुद्राको दरहरुमा एक यूरोको खरिददर १ सय २६ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १ सय २६ रुपैयाँ ८३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ ५ पैसा र बिक्रिदर १० रुपैयाँ १० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६७ रुपैयाँ २७ पैसा र बिक्रिदर ३ सय ६९ रुपैयाँ २५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published.