कांग्रेसमा ठूलो पहिरो : जिविस सभापतिसहित २ सय भन्दा धेरै नेकपा प्रवेश

काठमाण्डौँ, ३१ साउन – बिहीबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पूर्व जिविस सभापतिसहित २ सय भन्दा बढिले धेरै नेता तथा कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

ओखलढुंगाबाट कांग्रेसमा आबद्ध ओखलढुंगाका पूर्व जिविस सभापति रामकुमार खत्री लगायत ६० जनाले नेकपा पार्टी प्रवेश गरेका छन ।

त्यस्तै काठमाडौंबाट डेढ सय जना विभिन्न पार्टी त्यागेर नेकपा मा प्रबेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ‘मौरीका साथ उड्दा फूलमा पुगिन्छ, झिंगाको साथमा उड्दा फोहोरमा पुगिन्छ’ भन्दै नेकपामा प्रबेश गरेकाहरुलाई स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published.