मेस्सीले छोडे राष्ट्रीय टिम , अर्जेन्टिनाबाट फुटबल नखेल्ने

काठमाण्डौँ,३१ साउन – अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने भएका छन । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास चाही नलिएको तर अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भाग नलीने बताएका हुन ।

मेस्सीको पछिल्लो निर्णयमा पूर्व खेलाडी कार्लोस टेभजले रेस्टका लागि गरेको हुन सक्ने भन्दै आश्चर्यमा नपर्न प्रतिक्रिया दिएका छन् ।

मेस्सीले सन् २०१४ को विश्वकप पछि पनि उनले यस्तै गरेका थिए । २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि पनि सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको ब्यापक दबाब पछि उनी पुनः टिममा फर्किएका हुन् ।

यसरी यसअघि पनि सन्यासको घोषणा गर्दै फेरि टिममा पटक पटक फर्र्किएकाले अझैपनि मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.