काठमाण्डौँ, ३१ साउन नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई निरत्साहित गरेको आरोप लगाएका छन् ।सरकारले काम भन्दा बढी हावा दारी कुरा गरेको भन्दै उनले समृद्धिका लागी सरकारले कदम नचालेको बताएका छन ।
नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा बोल्दै उनले सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर त्यसका लागि आवश्यक वातावरण बनाउन सकेन भनेका छन । उनले केन्द्र, प्रदेश, स्थानीय सरकारले मनपरी करको दायरा बढाएको र कर बढापछि निजी क्षेत्रको आर्थीक समृद्ध्ी सुद्रीढ नहुने समेत बताएका छन ।
सरकार कर्मचारीतन्त्रमा राजनीतिकरण गर्दै सरुवा, बढुवामा केन्द्रित रहेको बताउदै निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उनले विश्वासमा लिन आग्रह गरेका छन । तीन तहका सरकारबीचको समन्वय अभावले कन्फ्युजन भएकाले समृद्धिको यात्रा ट्रयाकमा नगएको उनको भनाइ छ ।
अमेरिका जस्तो समबृद्ध् राष्ट्रले कर घटाएर धमाधम पुँजी भित्र्याइरहेको प्रसंग जोड्दै महतले त्यसबाट सिक्न सरकारलाई सुझाव समेत दिएका छन ।