पूर्वप्रधानमन्त्री अटल बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

काठमाण्डौँ , ३१ साउन – गत जुनमा मिर्गौलाको संक्रमण भएका भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। मिर्गौलाको संक्रमण भएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत बाजपेयीको स्वास्थ्य अवस्था नाजुक बनेको हो।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै एम्सले भनेको छ, ‘यो निक्कै दुर्भाग्यपूर्ण छ, पछिल्लो २४ घन्टामा उहाँको अवस्था थप खराब बनेको छ। स्वास्थ्य अवस्था नाजुक बनेपछि हाल उहाँलाई ‘भेन्टिलेटर’मा राखिएको छ।’

भारतीय जनता पार्टीका संस्थापक नेतासमेत रहेका बाजपेयीलाई पछिल्लो ९ सातादेखि एम्समा भर्ना गरिएको हो। ९३ वर्षीय नेता बाजपेयीलाई मिर्गौला संक्रमणका अलावा अन्य समस्या पनि देखिएको एम्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च नागरिक सम्मान भारत रत्नद्वारा सम्मानीत ३ बाजपेयी पटकसम्म भारतको प्रधानमन्त्री समेत भइसकेका छन ।
बुधबार राति बाजपेयीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रधानमन्त्री नरेन्द्र मोदी एम्स पुगेका थिए।

Leave a Reply

Your email address will not be published.