काठमाण्डौँ, ३१ साउन – गत बुधबार स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट सम्बोधन गर्दै स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउनेघोषणा गरेका हुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष मिसनका लागि ९ अर्ब रुपैयाँको बजेट तय गरेको छ । सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गर्दै मोदीले उक्त रकम अन्तरिक्ष मिसनका लागी तय गरेका हुन ।
सन २०२२ सम्ममा अन्तरिक्षमा मानव पठाउने मुलुकमा भारत चौथो नक्बरमा आउने भन्दै अन्तरिक्षमा मानव पठाउने यानको केही दिनअघि परीक्षणसमेत गरिसकिएको द गार्जीयनले जनाएको छ ।
यसअघि पहिलो भारतीयका रूपमा राकेश शर्माले सन् १९८४ मा सोभियत रकेटमार्फत अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष कार्यक्रममा भारत सन् १९६० को दशकदेखि सक्रिय रहँदै आएको छ ।