युक्रेनी नागरिकद्वारा नेपालमै आएर रोजगारीका लागी बिदेश पठाइ दिने भन्दै ठगी

काठमाण्डौँ, ३० साउन –  युक्रेन बाट नेपाल आएर कम्पनी सञ्चालन गरी नेपाली युवालाई रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन्।

पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइ रहेका थिए । टुरिष्ट भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

उनीहरुको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै सूचना आएपछि विभाग अनुगमन टोली छापा मारेर केही कागजात बरामद गरेको छ।

उनीहरुले पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरी काम गरिरहेको पाइएको छ । पक्राउ परेका नागरिक फेसवुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गरी युवा ठगीमा संग्लन भएको विभागको भनाइ छ।कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सूचना प्रविधिमा काम गर्ने उद्देश्य राखेको तर का भने नेपाली नागरीकलाइ ठगी गर्ने पाइएको छ ।

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिलाई पोल्याण्ड रोजगारीमा पठाइदिने भन्दै सुरुमै २ लाख उठाउने र अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने हुदा समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउँदै ठगी गर्ने गरेको पाइएको हो ।

पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरे छ ।

Leave a Reply

Your email address will not be published.