काठमाडौँ , ३० साउन आज बसेको प्रतिनिधि सभाको बैठकले सार्वजनिक सुरक्षा९तेस्रो संशोधन०विधेयकलाई पारित गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी बैठकमा प्रस्ताव प्रस्ततु गरेका थिए भने बैठकको सर्वसम्मतीले सो विधेयकलाई पारित गरेको हो ।उक्त विधेयकलाई पारित गरिनु पूर्व राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित बैठकमा छलफल समेत भएको थियो ।
त्यस्तै, प्रतिनिधि सभाको आजको बैठकले विभिन्न ३ विधेयकहरुलाई समेत स्वीकृती प्रदान गरेको छ । बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक’, ‘उपभोक्ता संरक्षण विधेयक’ तथा ‘निवृत्तभरण कोष विधेयक’लाई स्वीकृत गरेको हो ।
सुरक्षित मातृत्व सम्बन्धि विधेयकलाई उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले, उपभोक्ता संरक्षण सम्बन्धि विधेयकलाई उद्योगमन्त्री मातृका यादवले तथा निवृत्तभरण कोष सम्बन्धि विधेयकलाई अर्थमन्त्री डा।युवराज खतिवडाले विचार गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्ततु गरेका थिए । तीनवटै विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।
त्यस्तै आजको प्रतिनिधि सभा बैठकले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई समेत सर्वसम्मतीले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठक आउँदो भदौ १ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।