गुल्मी,३० साउन – गुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङ्गको उल्लीखोलामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका ६ का १६ वर्षीय प्रविन बिक लाइ लु .१ त ७६२९ नम्बरको ट्याक्टरले ठक्कर दिदा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जानकारी दिएको छ ।
बुधबार दिउँसो गिटी(बलुवा लिएर उल्लीखोलाबाट खैरेनीतर्फ जाँदै गरेको ट्याक्टरबाट एक्कासी झर्ने क्रममा पछिल्लो चक्काका किचिएर बिकको घटना स्थलमै मृत्यु भएको हो ।
चालक लाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।