नुवाकोटमा बस दुर्घटना, ४० जना घाइते

नुवाकोट– नुवाकोटको बिदुर नगरपालिकामा बस दुर्घटना भएको
छ । बिदुर नगरपालिकाको लामाटार सडमबाट मिनिट्रकलाई साइड दिने क्रममा बा २ ख २८०४ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४० जना यात्रु घाइते भएका छन । जस मध्ये गम्भीर घाइते भएका ६ जनालाइ उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.