काठमाडौँ। चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज बागमती र राप्ती टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिता धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भैरहेको छ।
आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।यसअघि शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो । बागमती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्न चाहन्छ ।
फाइनल पुग्न बागमतीलाई आजको खेल जित्नै पर्ने दबाब छ ।
राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।