होस्टलको छतबाट खसेर बानेश्वरमा विद्यार्थीको मृत्यु

काठमाण्डौँ ,३० साउन  – बानेश्वरको प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्ण रहेकी छन ।

होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.