कञ्चनपुर,३० साउन – कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका नायव सुब्बा घुससहित पक्राउ परेका छन्। मंगलबार कञ्चनपुर भन्सार
कार्यालयबाटै कार्यालयका नायव सुब्बा राम प्रशाद भट्टरार्इ १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
भारत बनबासाबाट व्यापारिक प्रयोजनका माल बस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ।
गड्डाचौकी भन्सार कार्यालयबाट आयातित सामान भन्सार नकाटेरै छोड्नको लागी नासु भट्टराईले सेवाग्राहीबाट नगद दश हजार रुपैया माग गरेका थिए । कार्यालयमै पक्राउ परेका नासु भट्टराईलाई थप अनुससन्धानका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाण्डौ पठाईएको छ ।