काठमाडौं , ३० साउन – नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ६७ पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७८ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३७ पैसा रहेको छ ।