बागलुङ, ३०साउन – बागलुङमा पहिरोले घर पुरिएर दुईजना बेपत्ता भएका छन । बागलुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा घर पहिरोले पुरिँएको हो । धुर्सौलाका मानबहादुर शाहीको घर मंगलबार राति पहिरोले पुरिँए पछि घरमा रहेका उनकी ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका हुन ।
शाहीका पाँच वर्षीय नाति बिवेक शाहीको भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको अवस्था सामान्य रहेको छ । मानबहादुर भने घरभन्दा माथि गोठमा जानुभएकाले सकुशल रहनुभएको छ । उहाँको छोरा दुर्गाबहादुर शाही रोजगारको सिलसिलामा भारतको बैङ्गलोरमा रहेको बताइएको छ ।
घटना स्थलमा प्रहरी , स्थानीय बासिन्दा र नेपाली सेना, अर्जुनबाण गणको टोलीले उद्धार कार्य गरीरहेको प्रहरीले जनाएको छ ।