‘विश्वकप’ २०२२ को स्टेडियमले लियो ‘नेपाली युवक’को ज्यान

काठमाण्डौँ ,३० साउन – विश्वकप २०२२ का लागी कतारमा बन्दै गरेको स्टेडियम निर्माणमा संलग्न एक नेपाली युवकको मृत्यु भएको छ ।

विश्वकप २०२२ का तयार पारीन लागेको कतारको निर्माणाधीन अल वक्राह रंगशाला निर्माणमा खटिएका खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको हो ।

नाम, ठेगाना नखुलाइएका मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु भएको एजेन्सीले जनएको छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँने भएको र त्यसको तयारी स्वरुप रंगशाला निर्माण गर्ने काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published.